गीत
आँखाका सपना जलायो एउटै भूलले
खुशीका सब मूना जलायो एउटै भूलले |
नबुझ्न खोजें व्यहोरा बानी
नछामेरै हेरें मन
बिश्वास गर्दै बाहिरीपनमा
बाजी लगाएँ जीवन
मुटुका चाहना जलायो एउटै भूलले |
अब त घातले पनि
तर्सिन्न मेरो छाती
चाहे कुनै दिन प्रलय आई
बज्रिदेऒस ममाथि
जीउने कामना जलायो एउटै भूलले
Monday, June 1, 2015
गीत
छ भने कोही तिमीभित्र बसेको
अरु नै छ ममा भनेर बताऊ
तर खाली भए अझै पनि त्यो मन
यो मनलाई त्यो मनको साथी बनाऊ |
तिम्रो पनि आफ्नै रहर हुन सक्छ
सोचाइको बेग्लै लहर हुन सक्छ
छ भने कोही ती आँखामा अटेको
म खोस्न चाहन्न अरुको त्यो ठाउँ
तर खाली भए अझै तिम्रा आँखा
मतिर पनि एक दृष्टि उठाऊ |
मलाई थाहा छ माया कस्तो हुन्छ
स्वप्ना बोकी आँखा कसो गरी रुन्छ
छ भने कोही तिम्रो स्वप्ना बनेको
म हाँस्दै सहन्छु ममा दुख्ने घाउ
तर खाली भए अझै तिम्रा स्वप्ना
ती स्वप्नाहरुमा मलाई अटाऊ |
छ भने कोही तिमीभित्र बसेको
अरु नै छ ममा भनेर बताऊ
तर खाली भए अझै पनि त्यो मन
यो मनलाई त्यो मनको साथी बनाऊ |
तिम्रो पनि आफ्नै रहर हुन सक्छ
सोचाइको बेग्लै लहर हुन सक्छ
छ भने कोही ती आँखामा अटेको
म खोस्न चाहन्न अरुको त्यो ठाउँ
तर खाली भए अझै तिम्रा आँखा
मतिर पनि एक दृष्टि उठाऊ |
मलाई थाहा छ माया कस्तो हुन्छ
स्वप्ना बोकी आँखा कसो गरी रुन्छ
छ भने कोही तिम्रो स्वप्ना बनेको
म हाँस्दै सहन्छु ममा दुख्ने घाउ
तर खाली भए अझै तिम्रा स्वप्ना
ती स्वप्नाहरुमा मलाई अटाऊ |
गजल
सपना मीठो जगाई तिमी कहाँ हरायौ
मनको नगीज आई तिमी कहाँ हरायौ |
थामेर हात दुबै संगसंगै हिंडेथ्यौं
बीचैमा हात छुटाई तिमी कहाँ हरायौ |
थिएँ म पानी तिम्रै रंगमा रंगाइदियौ
परिचय मेरो मेटाई तिमी कहाँ हरायौ |
मागिथ्यौ मेरो मुटु तिम्रो रहर पुर्याएँ
त्यही मुटु चुँडाई तिमी कहाँ हरायौ |
धेरै थिए डाह गर्ने मैले हाँसेको देख्दा
ती सबलाई हँसाई तिमी कहाँ हरायौ |
सपना मीठो जगाई तिमी कहाँ हरायौ
मनको नगीज आई तिमी कहाँ हरायौ |
थामेर हात दुबै संगसंगै हिंडेथ्यौं
बीचैमा हात छुटाई तिमी कहाँ हरायौ |
थिएँ म पानी तिम्रै रंगमा रंगाइदियौ
परिचय मेरो मेटाई तिमी कहाँ हरायौ |
मागिथ्यौ मेरो मुटु तिम्रो रहर पुर्याएँ
त्यही मुटु चुँडाई तिमी कहाँ हरायौ |
धेरै थिए डाह गर्ने मैले हाँसेको देख्दा
ती सबलाई हँसाई तिमी कहाँ हरायौ |
नांगै खुट्टा गोरेटोमा यताउती भाग्थिन्
मलाई त उनी अझै सानी जस्ती लाग्थिन् |
मेरो ख्यालै गएन छ लजालु बोलीमा
उमेरसंगै फेरिएको चौबन्दी चोलीमा
दोहोरीमा नाँचेका ती दौंतरीको माझ
भेटें मैले उनीलाई रोधीभित्र आज |
आँखामा गाजले मात ओठमा रातो लाली
मादलुको तालमा मिल्दो पाइला चाली चाली
नाँच्दै थिइन् ढुक्क उनी नमानेर लाज
भेटें मैले उनीलाई रोधीभित्र आज |
मलाई त उनी अझै सानी जस्ती लाग्थिन् |
मेरो ख्यालै गएन छ लजालु बोलीमा
उमेरसंगै फेरिएको चौबन्दी चोलीमा
दोहोरीमा नाँचेका ती दौंतरीको माझ
भेटें मैले उनीलाई रोधीभित्र आज |
आँखामा गाजले मात ओठमा रातो लाली
मादलुको तालमा मिल्दो पाइला चाली चाली
नाँच्दै थिइन् ढुक्क उनी नमानेर लाज
भेटें मैले उनीलाई रोधीभित्र आज |
Tuesday, May 26, 2015
खै कस्तो सहारा यो
एक्लोपन बढाईदिने
खै कस्तो नसा हो यो
निन्द्रा नै भगाईदिने |
बाहिर छ कुहिरो
छ भित्र जलेको मन
सिरेटो जति चल्छ
जल्छ मन अझै दनदन
खै कस्तो हो मौसम यो
निरासा जगाईदिने |
खोजे तर भेटिन
कहाँ छु हिजोको म
किन पाउछु आफैभित्र
आसुले भिजेको म
खै कस्तो माया हो यो
हासो नै हराईदिने |
-राजेन्द्र चोथाले
एक्लोपन बढाईदिने
खै कस्तो नसा हो यो
निन्द्रा नै भगाईदिने |
बाहिर छ कुहिरो
छ भित्र जलेको मन
सिरेटो जति चल्छ
जल्छ मन अझै दनदन
खै कस्तो हो मौसम यो
निरासा जगाईदिने |
खोजे तर भेटिन
कहाँ छु हिजोको म
किन पाउछु आफैभित्र
आसुले भिजेको म
खै कस्तो माया हो यो
हासो नै हराईदिने |
-राजेन्द्र चोथाले
तलाउमा त्यो मनको पौडिउ जस्तो लाग्यो
आज तिमीलाई सिंगो मन दिउ जस्तो लाग्यो |
कसैले तिमीलाई को हो भनेर सोद्दा
तिमीलाई आफ्नो मान्छे भन्दिउ जस्तो लाग्यो |
होइनौ तिमी चन्द्र न त हु मै समुन्द्र
तर त्यो रुप देख्दा उर्लिउ जस्तो लाग्यो |
सक्ने भए आफैलाई गुच्छा बनाई फुलको
त्यो चुल्ठीमा सुटुक्क सिउरिउ जस्तो लाग्यो |
सधै सबैको सामु गम्भीर बनेर बाचे
तिमीसामु आज बच्चा बन्दिउ जस्तो लाग्यो |
-राजेन्द्र चोथाले
आज तिमीलाई सिंगो मन दिउ जस्तो लाग्यो |
कसैले तिमीलाई को हो भनेर सोद्दा
तिमीलाई आफ्नो मान्छे भन्दिउ जस्तो लाग्यो |
होइनौ तिमी चन्द्र न त हु मै समुन्द्र
तर त्यो रुप देख्दा उर्लिउ जस्तो लाग्यो |
सक्ने भए आफैलाई गुच्छा बनाई फुलको
त्यो चुल्ठीमा सुटुक्क सिउरिउ जस्तो लाग्यो |
सधै सबैको सामु गम्भीर बनेर बाचे
तिमीसामु आज बच्चा बन्दिउ जस्तो लाग्यो |
-राजेन्द्र चोथाले
किन रोऊँ एउटा टाढा भयो भनेर
संकोच छाडी देउता छाडा भयो भनेर
रोपेको पनि फूल नै हो फुलेको नि फुलै हो
स्वधर्म छोडी तिखो काडा भयो भनेर |
पुजिएको अहंमले साइतको घडा त्यो
छलकेर आफै रितो भाडा भयो भनेर
मायाको पाथी मुरी दिदादिदै निस्ठुरी
सुनको पछाडी लागि बाड़ा भयो भनेर
आफन्त धेरै मिल्छन आफ्नो बनाउन जाने
रोकिन्न नदी सामु डाडा भयो भनेर |
-राजेन्द्र चोथाले
संकोच छाडी देउता छाडा भयो भनेर
रोपेको पनि फूल नै हो फुलेको नि फुलै हो
स्वधर्म छोडी तिखो काडा भयो भनेर |
पुजिएको अहंमले साइतको घडा त्यो
छलकेर आफै रितो भाडा भयो भनेर
मायाको पाथी मुरी दिदादिदै निस्ठुरी
सुनको पछाडी लागि बाड़ा भयो भनेर
आफन्त धेरै मिल्छन आफ्नो बनाउन जाने
रोकिन्न नदी सामु डाडा भयो भनेर |
-राजेन्द्र चोथाले
दुखी छु भनूँ त कुनै घात छैन
सुखी भन्नलाई तिम्रो साथ छैन
यो कस्तो नशा हो मेरो जिन्दगीको
मलाई होश छैन तर मात छैन
सम्झंदा नरोई म सक्दिन बाँच्न
तर बाध्यता छ अरु सामु हाँस्न
नहांसेको मैले कुनै दिन छैन
नरोएको पनि कुनै रात छैन
यो कस्तो नशा हो मेरो जिन्दगीको
...
मलाई होश छैन तर मात छैन
सधैंझैं बसन्त आयो यसपाली
यो मनमा छाएन तर हरियाली
बसन्त पनि छ मेरै संघारैमा
तर कहीं हरियो मुना पात छैन
यो कस्तो नशा हो मेरो जिन्दगीको
मलाई होश छैन तर मात छैन
- ( राजेन्द्र चोथाले )
सुखी भन्नलाई तिम्रो साथ छैन
यो कस्तो नशा हो मेरो जिन्दगीको
मलाई होश छैन तर मात छैन
सम्झंदा नरोई म सक्दिन बाँच्न
तर बाध्यता छ अरु सामु हाँस्न
नहांसेको मैले कुनै दिन छैन
नरोएको पनि कुनै रात छैन
यो कस्तो नशा हो मेरो जिन्दगीको
...
मलाई होश छैन तर मात छैन
सधैंझैं बसन्त आयो यसपाली
यो मनमा छाएन तर हरियाली
बसन्त पनि छ मेरै संघारैमा
तर कहीं हरियो मुना पात छैन
यो कस्तो नशा हो मेरो जिन्दगीको
मलाई होश छैन तर मात छैन
- ( राजेन्द्र चोथाले )
‘मधुपर्क’ कथा विशेषाङ्कका कथाहरूको आलोड्कन
परिचय
प्रस्तुत लेख ‘मधुपर्क’ -२०६५ जेठ) मासिक, कथा विशेषाङ्कमा प्रकाशित कथाहरूको समीक्षामा केन्दि्रत रहेको छ । यसरी समीक्षा गर्दा प्रकाशनलाई आधार मानी कथाहरूको विवेचना क्रमशः उल्लिखित भएको छ । यहाा प्रकाशित सामग्रीलाई विधासिद्धान्त, कथाको सन्देश र सामाजिक प्रभाव एवं साहित्यिक चेतनाका आधारमा पाठकलाई पार्ने प्रभावद्वारा ठम्याउने प्रयत्न गरिएको छ ।
‘मधुपर्क’ पत्रिकाको कथा विशेषाङ्क -२०६५ जेठ) आकर्षक साजसज्जासहित प्रस्तुत भएको छ । आफूलाई सकेसम्म स्तरीय र मर्यादित बनाउादै युगको प्रतिध्वनिलाई समेट्न छजनाका समालोचना र अठतीस जना कथाकारका कथाहरू यहाा समावेश गरिएका छन् । पत्रिका पढ्दा सम्पादकहरूको ध्यान समकालीन चेततिर बढी भएको प्रतीत हुन्छ ।
राजेन्द्र चोथालेको ‘मूर्ख’ कथा व्यक्ति र परिवेशको परिस्थितिमा सिर्जित बौद्धिक कथा हो । तृतीय पुरूष ‘ऊ’ पात्रले गरेका घटनाको वर्णन कथाकारले यस कथामा गरेका छन् । आफ्नो मृत्यु छिट्टै हुनलागेकोे देखेर उसले परिवारलाई दुःख नदिन गरेका व्यवहारको प्रस्तुति बनेको छ- मूर्ख कथा । यस कथामा जे-जति व्यवहार उसले गरेको छ, त्यसको प्रत्यक्षदर्शी बनी म पात्र जीवनको तथ्य प्रस्तुत गरिरहेको देखिन्छ । कथानकमा कौतूहल, मानसिक द्वन्द्व, सन्ततिका भविष्यप्रतिको चिन्ता एवं प्रमुख पात्रका व्यवहारले उसको मानसिक अवस्थालाई प्रदर्शित गरिएको पाइन्छ । संवादको कमी, घटनाको सघनता, मानसिक द्वन्द्वको अवस्था आदिले कथालाई ऊर्जा प्रदान गरिरहेका छन् । धनको गरिब भए पनि मनको धनी हुने अभिलाषाले कथाको बीचमा भन्दा पहिला पाठकलाई आश्चर्यमा पार्दछ । दुई छोरा, श्रीमती, बुहारी र नातिनी भएको ‘म’ पात्रले चुरोट खाादा फोक्सोमा क्यान्सर भएको र त्यो कुरा अरू कसैलाई जानकारी दिन नखोज्ने उसको व्यवहार अनौठो देखिन्छ । समग्रमा कथा व्यक्ति विशेषको आदर्श प्रस्तुत गर्ने उत्तम खालको छ ।
परिचय
प्रस्तुत लेख ‘मधुपर्क’ -२०६५ जेठ) मासिक, कथा विशेषाङ्कमा प्रकाशित कथाहरूको समीक्षामा केन्दि्रत रहेको छ । यसरी समीक्षा गर्दा प्रकाशनलाई आधार मानी कथाहरूको विवेचना क्रमशः उल्लिखित भएको छ । यहाा प्रकाशित सामग्रीलाई विधासिद्धान्त, कथाको सन्देश र सामाजिक प्रभाव एवं साहित्यिक चेतनाका आधारमा पाठकलाई पार्ने प्रभावद्वारा ठम्याउने प्रयत्न गरिएको छ ।
‘मधुपर्क’ पत्रिकाको कथा विशेषाङ्क -२०६५ जेठ) आकर्षक साजसज्जासहित प्रस्तुत भएको छ । आफूलाई सकेसम्म स्तरीय र मर्यादित बनाउादै युगको प्रतिध्वनिलाई समेट्न छजनाका समालोचना र अठतीस जना कथाकारका कथाहरू यहाा समावेश गरिएका छन् । पत्रिका पढ्दा सम्पादकहरूको ध्यान समकालीन चेततिर बढी भएको प्रतीत हुन्छ ।
राजेन्द्र चोथालेको ‘मूर्ख’ कथा व्यक्ति र परिवेशको परिस्थितिमा सिर्जित बौद्धिक कथा हो । तृतीय पुरूष ‘ऊ’ पात्रले गरेका घटनाको वर्णन कथाकारले यस कथामा गरेका छन् । आफ्नो मृत्यु छिट्टै हुनलागेकोे देखेर उसले परिवारलाई दुःख नदिन गरेका व्यवहारको प्रस्तुति बनेको छ- मूर्ख कथा । यस कथामा जे-जति व्यवहार उसले गरेको छ, त्यसको प्रत्यक्षदर्शी बनी म पात्र जीवनको तथ्य प्रस्तुत गरिरहेको देखिन्छ । कथानकमा कौतूहल, मानसिक द्वन्द्व, सन्ततिका भविष्यप्रतिको चिन्ता एवं प्रमुख पात्रका व्यवहारले उसको मानसिक अवस्थालाई प्रदर्शित गरिएको पाइन्छ । संवादको कमी, घटनाको सघनता, मानसिक द्वन्द्वको अवस्था आदिले कथालाई ऊर्जा प्रदान गरिरहेका छन् । धनको गरिब भए पनि मनको धनी हुने अभिलाषाले कथाको बीचमा भन्दा पहिला पाठकलाई आश्चर्यमा पार्दछ । दुई छोरा, श्रीमती, बुहारी र नातिनी भएको ‘म’ पात्रले चुरोट खाादा फोक्सोमा क्यान्सर भएको र त्यो कुरा अरू कसैलाई जानकारी दिन नखोज्ने उसको व्यवहार अनौठो देखिन्छ । समग्रमा कथा व्यक्ति विशेषको आदर्श प्रस्तुत गर्ने उत्तम खालको छ ।
गजल
तिमीलाई के भनुँ म मेरो स्वप्ना लुट्ने मान्छे
आँसुको भल बनेर आँखामा फुट्ने मान्छे ।
यात्राको बाटो रोजी मेरो साथ मागी मागी
यात्रा सुरु गरेर बीचैमा छुट्ने मान्छे ।
मोती हुन् तिम्रा आँसु कहिल्यै नझार भन्दै
मबाट मेरो हाँसो विस्तारै थुत्ने मान्छे ।
तिम्रो मायाले पुग्छ चाहिन्न अरु केही-
भन्दै माया देखाई रुवाउँन जुट्ने मान्छे ।
कुरा सुनी अरुको बहकाउमा आएर
म छटपटाउँदा पनि निस्फिक्री सुत्ने मान्छे ।
- राजेन्द्र चोथाले
युवामञ्च २०६६ माघ
मलाई पनि सिकाऊ वाचा गरेर भुल्न
प्रत्येक ऋतु पिच्छे रङ फेरेर फुल्न
सक्दिन म सहन आँसुहरू कसैको
रुँदा अरूका आँखा खुसीहरू बटुल्न
सिक्नै सकिन मैले तिम्रो मीठो कला त्यो
बोकेर रात मनमा बिहानी जस्तै खुल्न
जानिन कहिल्यै पनि मैले त पानी बन्दै
पोखिए रङ जुन जुन त्यही रङसँग घुल्न
मैले त खाली एउटा माने सधैँ देउता
सकिन थुप्रै मूर्ति एउटै मुटुमा हुन
-राजेन्द्र चोथाले
मलाई पनि सिकाऊ वाचा गरेर भुल्न
प्रत्येक ऋतु पिच्छे रङ फेरेर फुल्न
सक्दिन म सहन आँसुहरू कसैको
रुँदा अरूका आँखा खुसीहरू बटुल्न
सिक्नै सकिन मैले तिम्रो मीठो कला त्यो
बोकेर रात मनमा बिहानी जस्तै खुल्न
जानिन कहिल्यै पनि मैले त पानी बन्दै
पोखिए रङ जुन जुन त्यही रङसँग घुल्न
मैले त खाली एउटा माने सधैँ देउता
सकिन थुप्रै मूर्ति एउटै मुटुमा हुन
-राजेन्द्र चोथाले
मेरो कुरा सुनेर
मेरो कुरा सुनेर
गजल
राजेन्द्र चोथाले
युवामञ्च २०६८ मंसीर
मेरो कुरा सुनेर रिसाउने पो हौ कि
तातो सम्बन्ध क्षणमै चिस्याउने पो हौ कि ।
हुन्छयौ सधै तिमी नै आँखामा, ढुकढुकीमा
भन्दा मलाई उल्टै गिज्याउने पो हौ कि ।
तिमीविना म एक्लै सक्दिन सत्य बाँच्न
सुनेर यस्ता कुरा उल्याउने पो कि
लाग्छ डर मलाई मौका कुरेर बस्दा
अर्कै मुटुमा मुटु मिसाउने पो हौ कि
आज त भन्छु भन्छु परिणाम चाहे जे होस्
नभन्दा माया अन्तै बिसाउने पो हौ कि ।
मेरो कुरा सुनेर
गजल
राजेन्द्र चोथाले
युवामञ्च २०६८ मंसीर
मेरो कुरा सुनेर रिसाउने पो हौ कि
तातो सम्बन्ध क्षणमै चिस्याउने पो हौ कि ।
हुन्छयौ सधै तिमी नै आँखामा, ढुकढुकीमा
भन्दा मलाई उल्टै गिज्याउने पो हौ कि ।
तिमीविना म एक्लै सक्दिन सत्य बाँच्न
सुनेर यस्ता कुरा उल्याउने पो कि
लाग्छ डर मलाई मौका कुरेर बस्दा
अर्कै मुटुमा मुटु मिसाउने पो हौ कि
आज त भन्छु भन्छु परिणाम चाहे जे होस्
नभन्दा माया अन्तै बिसाउने पो हौ कि ।
लाचारी
सामाजिक कथा
राजेन्द्र चोथाले
मधुपर्क २०६६ माघ
उनले विवाह गरे । उनले विवाह गर्नै पनि पथ्र्यो र अझ भन्ने नै हो भने उनको विवाह केही ढिलो भएको भन्नुपर्छ । यस उमेरमा पनि उनले विवाह नगरेको भए कहिले सन्तान जन्माउने ? कहिले हुर्काउने ? यस्ता धरै प्रश्नचिन्हहरू आउन सक्दथे । वर्तमानमा विवाह उनको लागि अपरिहार्य नै थियो । उनले विवाह गरेकोमा मलाई किञ्चित दुःख छैन तर मेरो आफ्नो स्वार्थले मलाई उनको विवाहमा हर्सोल्लास मनाउन दिएको पनि छैन । मान्छे कति स्वार्थी हुँदोरहेछ, म आफैँलाई हेरेर बुझ्दैछु ।
मलाई एकचोटि फेरि डर लाग्न थालेको छ आफ्नो भविष्यसँग । जुन उद्देश्य प्राप्तिका लागि मैले यो कदम उठाएकी थिएँ, त्यो उद्देश्य पूरा नहुँदै कतै म फेरि एक्लिने पो हुँ कि भन्ने डरले म उनको विवाहको कुरो चलेदेखि नै राम्ररी निदाउन सकेकी छैन । मैले उठाएको यो कदमलाई समाजले नितान्त घृणा गरेको छ । हो, म समाजको आँखामा वितृष्णाको पात्र बनेकी छु । म आफैँलाई पनि सुरुसुरुमा अपराधबोध नभएको होइन तर बाध्यताले कि त मान्छे आफैँलाई मार्छ, कि त आफ्नो मनलाई मार्छ । आफैँलाई मार्न सक्ने क्षमता ममा कहिल्यै हुर्कनै सकेन, कोढीलाई पनि जिउ प्यारो हुन्छ भन्ने उखान त्यसै बनेको होइनरहेछ । त्यसैले मैले आफ्नो मनलाई मारेँ । हो म मनविहीन मान्छे हुँ । त्यसैले मलाई समाज र सामाजिक मान्यताले कुनै असर पार्न सक्दैन । म त केबल एउटै सपना बोकिरहेकी छु, त्यो सपनालाई मैले कुनै अस्थामा पनि पूरा गरेरै छोड्नुपर्नेछ तर उनको विवाहले त्यस सपनाको जग धरमराउने हो कि भन्ने किनकिन शङ्का लाग्न थालेको छ ।
बुबाले गति नछाडेको भए मुमाको जिन्दगी भत्किने थिएन र मुमाको जिन्दगी नभत्किएको भए म भग्नावशेषमा परी अपाङ्ग हुने थिइन । एक जनाको गल्तीको परिणाम सिङ्गो परिवारले भोग्नुपर्ने यो कस्तो मानव नियति ? बुबालाई रक्सी स्वास्नीभन्दा प्यारो र रक्सीलाई घृणा गर्ने मेरी आमा उनको आँखाको जार । कहिल्यै मेल भएन बुबाआमाको । म केही बुझ्न र केही सोच्न सक्ने भएदेखि नै मैले परिवारमा केबल कलह बुझेँ, सन्त्रास सोचेँ । आमाको आँसु पुछ्न मेरो साना हात उनको आँखासम्म नपुगे पनि जिउको निलडाम भने प्रायशः दिनदिनै सुम्सुम्याइ रहेँ । बुबासँग प्रतिकार गर्न भने कहिल्यै आँट गरिनँ र यद्यपि ममा त्यो आँट छैन । मलाई बुबाका ती राता आँखा र मुखबाट निस्कने हुस्स गन्धसँग बुझ्ने भएदेखि नै सधैँ डर लागिरहृयो र यद्यपि पनि लाग्छ । त्यसैले म अहिले पनि बुबा हाम्रो कोठातिर नआइदिए हुन्थ्यो भनी ईश्वर पुकार्छु हुन त बुबाकी कान्छी स्वास्नी आएदेखि उहाँको आगमनमा रोक पनि आएको छ । त्यो मेरी आमा होइन, बुबाकी कान्छी स्वास्नी मात्र हो ।
दुई महिना भयो बुबाकी कान्छी स्वास्नी घरमा आएकी तर म आजसम्म ऊसँग बोलेकी छैन । न त ऊ बोल्न अएकी छे न बुबाले नै बोल भनी कसैलाई भन्नुभएकै छ । जेठी छोरी पहिलो लोग्नेको रे, अर्को छोरो मेरै बुबाको भन्छन्, सत्य के हो मलाई थाहा छैन । मेरो बुबा त भैगो बोका नै हुनुभयो, मानौँ तर त्यो आइमाई कस्ती हो ? बिहानैदेखि धोकेर हिँड्ने झाँझरे अनुहारको मेरो बुबालाई के देखेर पछ्याएकी हो कुन्नि ? सम्पत्ति प्रशस्त भएको भए पनि एउटा कुरा, डेढ आनामा बनेको एउटा दुई तल्ले चार कोठाको घर र एउटा नाङ्ले पसल । सुनिन्छ, मेरो बुबा त्यसको तेस्रो पोई हुन् रे । होस्, जे होस््, त्यो मेरो सरोकारको विषय नै होइन । मेरो सरोकारको विषय भन्नु यति नै हो कि बुबाकी कान्छी स्वास्नीको आगमनले आमामाथिको अत्याचारमा नियन्त्रण ल्याएको छ तर के गर्नु बुबाको कुटाइले भाँचिएको त्यो करङ्ग, मेरी आमाको अपाङ्गता उपचारविहीन नै छन् । आमा जिन्दगीभरको लागि नै अपाङ्ग बन्नुभयो ।
म स्कुल पढ्थेँ, आमा बिहान-बेलुकी तरकारीको व्यापार गर्नुहुन्थ्यो । बुबाको नाङ्ले पसलको आम्दानी उहाँलाई रक्सी पिउनै नपुग्ने थियो । आमाको आम्दानीले नै घर चल्थ्यो, मेरो स्कुल खर्च चल्थ्यो र त्यही आम्दानी नै बुबाको रक्सीको लागि पूरक बजेट पनि बन्थ्यो तर बुबा चाहनुहुन्थ्यो, म स्कुल नजाउँ, आमासँगै लागेर तरकारी बेचुँ र उहाँको लागि पर्याप्त रक्सीको खर्च जुटाइदिउँ तर आमा यो कुरामा कहिल्यै सहमत हुनु भएन भने म त झन् आफ्नो कक्षाको मात्र नभई सिङ्गो स्कुलकै प्रतिभावान् विद्यार्थी । मेरो लागि त त्यो असम्भव नै थियो । मेरो कक्षा दसको अन्तिम जाँच थियो र मेरो तीन महिनादेखिको फी तिर्न बाँकी थियो । आमाले जसोतसो जुटाएर एकदिन मेरो हातमा फी तिर्ने पैसा थमाइदिनुभयो तर मेरो बुबालाई त्यो दृश्य पाच्य भएन । उहाँ बाजले परेवा झम्टेझैँ गरी हामीसामु आउनुभयो र मेरो हातको रकम झ्याप्पै थुत्नुभयो । म त डरले थररै काँपे तर आमा प्रतिकारमा उत्रनुभयो । त्यो दिन घरको ठूलो महाभारत मच्चियो । छोरीलाई पढाएर ठूलो मान्छे बनाउने सपनामा अनायासै तुषारापात भएको आमाले सहन सक्नुभएन । जड्याहा लोग्नेप्रतिका उहाँको वितृष्णा त्यस दिन राम्ररी नै पोखियो । स्थिति कुटाकुटमा पुग्यो, मारामारमा पुग्यो । ईश्वरले पनि खै किन स्वास्नी मान्छेलाई पुरुषको दाँजोमा शारीरिक कमजोरी दियो, उसले बुझेको होला तर त्यसको प्रतिफल भने मेरी आमाले भोग्नुभयो । बुबाको साँढेझैँ शरीर र रक्सीको बल, आमा उहाँसामु टिक्न सक्नुभएन । ढोकाको कठवारले बुबाले आमाको राम्ररी नै मर्मत गर्नुभयो । छुट्याउन गएकी म पनि उहाँकै चोटले टाउको फुटाउन पुगेँ । भाग्य नै दागी भएर होला मेरो निधारमा पनि त्यही चोटको ठूलो दाग छ । बुबाको कुटाइले आमाको मृत्यु हुन सक्ने देखेपछि मैले झ्यालबाट गुहार माग्न थालेँ । क्षणभरमै टोले जम्मा भए । छिमेकी देखेर बुबा लुसुक्क हिँड्नुभयो । आमा अचेतप्रायः हुनुहुन्थ्यो र आमाको अवस्थादेखि छिमेकीहरूले अस्पताल लाने निर्णय गरे ।
आमाको करङ भाँचिएको रहेछ । निकै समय अस्पतालमै बस्नुपर्ने गरेर । उपचारको लागि मसँग सुको थिएन । म किंकर्तव्यविमूढ आफ्नो नियति हेरिरहेकी थिएँ । मेरो स्कुलमा पनि तुरुन्तै हल्ला पुगेछ । केही साथीहरू आई केही रकम जुटाइदिए तर ती सहयोग नितान्त अपर्याप्त थिए र उपचारको लागि । घरमा जाउ, खाना पकाउ, खाना लिएर अस्पताल जाउँ र आमा कुरेर बस । न पढ्ने समय रहृयो, न फी तिर्ने पैसा रहृयो । मैले भविष्यको नाममा केवल अँध्यारो मात्र देख्न थालेँ । यत्रो ठूलो संसारमा मैले आफूलाई नितान्त एक्ली पाएँ तर विनोददाइको त्यसबेलाको सहयोगले मलाई मानौँ नयाँ जन्म नै दियो । विनोददाइ मेरी साथी रीताको जेठादाइ थिए । रीताको घरमा जाँदा उनको मप्रतिको हेराइ मलाई बिझ्ने गथ्र्यो । एउटा अदृश्य लोलुपता, एउटा अदृश्य कूटीलता उ नको अनुहारमा सधैँ प्रतिबिम्बित पाउँथे म । उनी बोल्न आए म सकभर पन्छिन्थेँ, सकभर उनको दृष्टिमै नपरुँझैँ लाग्थ्यो भन्ने हो भने मलाई किनकिन अलिकति घीन लाग्थ्यो उनीसँग तर के गर्नु परिस्थितिले मलाई उनको नजिक पार्दै लग्यो । विनोददाइले मेरो फी तिरिदिए । आमाको उपचार आफ्नो जिम्मामा लिए । त्यति मात्र होइन, आमालाई दिनभर कुर्नु, स्याहार गर्नका लागि कहाँबाट जाने हो एउटी आइमाई पनि ल्याइदिए मेरो पढाइ नबिग्रोस् भनेर । मेरो विरोधलाई उनले कुनै अर्थै दिएनन् । उनको त्यो सहयोगको पछाडि लुकेको स्वार्थलाई मैले राम्ररी बुझेकी थिएँ । थोरै मूल्यमा नारी अस्मिताको खरिदको त्यस प्रयत्नसँग म अनभिज्ञ थिइन तर मसँग उनलाई पन्छाउन अन्य कुनै विकल्प पनि थिएन । म लाचार उनको कुटिल चक्रब्यूहमा फँस्दै गएँ तर आफ्नो नारीत्व गुमाउन्न भन्ने आत्मविश्वास पनि म बोकी नै रहेकी थिएँ । करिब दस दिनपछि आमालाई घरमा ल्याइयो । यसबीच बाबु एकचोटि पनि अस्पताल आउनु भएन । घर जाँदा यदाकदा देखिन्थ्यो तर कहिल्यै कस्तो छ ? भनी सोध्नुसम्म भएन । हामीबीच बोलचाल नै भएन । मलाई देख्दा उल्टो टाउको बटार्नुहुन्थ्यो । आत्मग्लानि उहाँमा पटक्कै थिएन, या त उहाँको आत्मा नै मरिसकेको थियो, या स्वास्नी पिट्नुलाई उहाँ पुरुषार्थ मान्नुहुन्थ्यो, त्यो बुझ्नै सकिनँ । आमालाई घरमा त ल्याइयो तर खाने के ? खुवाउने के ? मेरो यो समस्या पनि विनोददाइले नै समाधान गरिदिए । मेरो विरोधका बाबजुद पनि दाल-चामलदेखिका सम्पूर्ण सामान घरमा आउन थाल्यो । उनी मैले नचाहँदानचाहँदै पनि मेरो घरको मूलीझैँ बन्दै गए । म किंकर्तव्यबिमूढ, लाचार र मौन बस्न बाध्य भएँ ।
अंशबण्डा नभइकनै हाम्रो घर विभाजित भयो । तलको दुई कोठामा बुबा खाना बनाएर खान थाल्नुभयो र माथिल्लो तलामा पाइला नै राख्दिनझैँ गर्नुभयो । आमा उठ्न नसक्ने हुनुभयो । उठेकी चस्केर सहनै नसक्ने । दिसा-पिसाब पनि कोपरामै गर्नुपर्ने, तापनि जसोतसो पढेर परीक्षा दिइयो ।
परीक्षा सकिएको त्यो दिन मेरो जिन्दगीको अविस्मरणीय दिन बन्यो । राति पल्टिन मात्र के लागेकी थिएँ विनोददाइ आए । आमा निदाइसक्नुभएको थियो । विनोददाइको अनुहार गम्भीर थियो । उनले एकचोटि आमापट्ट िहेरे र इसारैले मलाई अर्को कोठामा डाके । मनमा अनेकौँ कुतर्कनाहरू जन्मिए पनि उनीसँग अर्को कोठामा गएँ । कोठामा पसेकी मात्र के थिएँ, मेरो अनुमान साँचो निस्किहाल्यो । विनोददाइले तुरुन्तै बत्ती निभाए र मलाई अँगालामेा गाँजिहाले । आमा ब्यँूझिने डरमा मैले सानो स्वरले उनीसँग धेरैचोटि आफूलाई छाडिदिने अनुनय-विनय गरेँ । अपशब्द बोलेर गाली पनि गरेँ । कामुकताको त्यो पिसाचलाई नैतिकताको बाँधले बाँध्नै सकेन । समाउने र छुट्टनिे क्रममा मेरो कपडा च्यातिन थाल्यो । उनको आवेशको अगाडि मेरो विरोधको कुनै औचित्य नरहेको र मेरो शक्ति उनको तुलनामा ज्यादै न्यून भएको अनुभव गरेपछि मैले आफूलाई शिथिल छाडिदिएँ । उनले मेरो शरीरको कुनै अङ्गलाई पनि छुन र चुम्न बाँकी राखेनन् । उनी उन्मुक्त ममाथि राज्य गरिरहे र म पीडा र ग्लानिले छट्पटाइरहेँ त्यो रात त्यसरी नै बित्यो । विनोददाइ भोलिपल्ट पनि आए, पर्सिपल्ट पनि आएँ, आउँदै गए म मिचिइरहँे, गिजलीरहेँ । पहिले त सिकसिक लाग्थ्यो विनोददाइको छुवाई तर पछि बानी पर्दै गयो र पछि त विनोददाइलाई मेरो पनि रातको आवश्यकता बन्दै गए ।
ढिलोचाँडो हुन सक्ला तर सत्य लुक्दैन भन्ने कुरासँग हामी परिचित नै थियौँ र टोलभरि हामीलाई लिएर हुने टीका-टिप्पणी हाम्रा लागि अर्थहीन भइसकेका थिए । तल्लो जातकी केटीले बाहुन केटो फसाइ लवस्तरी, वेश्ये, फुँडीजस्ता यावत् शब्दहरूले म टोलमा परिचित हुँदैगएँ । स्थिति त यतिसम्म आयो कि एकदिन रीता, उसकी आमा र अन्य अपरिचित केही स्वास्नी मान्छेहरू घरमा आए र किन आए भन्ने स्थिति बुझ्न नपाउँदै सबै मउपर जाइलागे । तँ कसाइकी छोरी, पानीसमेत नचल्ने जातले मेरो छोरो फसाउने, मेरो बुहारी बन्ने सपना देख्ने ? भनी यावत् गालीका साथ मउपर हातपात गरे । टोल, छिमेकी सबैको सामु म तामासा बनेँ । पहिलो गल्ती कसको थियो ? त्यो बुझ्न कसले चाहेन । मैले उनीहरूको छोरोको इज्जत लुटेकी थिएँ कि उबाट म लुटिएकी थिएँ ? त्यो सत्य कसैले जान्नै चाहेन । गरिब हुनु र समाजले तोकेको जातीयतामा म तल्लो जातकी हुनु नै मेरो अपराधको मुख्य प्रमाण बनेको थियो । त्यस दिनदेखि मलाई यो समाजसँग अझै वितृष्णा उत्पन्न भएको छ । जसले जे भने पनि, परिवारले जति छेके पनि विनोददाइ भने मकहाँ आउन छाडेनन् ।
विनोददाइले मलाई स्पष्ट नै भनेका थिए, उनी मसँग विवाह गर्ने छैनन् भनेर । म रखैल बन्न त योग्य थिएँ तर स्वास्नी बन्न प्रमाणपत्र मसँग थिएन । विनोददाइले मेरो अस्मितासँग खेले पनि मलाई बाँच्न भने प्रोत्साहित गरी नै रहे । कम्तीमा पनि तिमीले स्नातकसम्म पढ्नै पर्छ अनि भाग्यले साथ दिए मुख्य सचिवसम्म बन्ने बाटो खुल्छ । तिमीले कम्प्युटर सिक्नै पर्छ, अन्यथा यो प्रतिस्पर्धाको युगमा पछि पर्नुपर्ने हुन्छ । तिमीले अङ्ग्रेजी फरर बोल्न सक्नुपर्छ । टोफल, आई.एल.टी.एस. दिनैपर्छ र पो विदेश जाने सम्भावना बढ्छ भन्नेजस्ता सपना देखाइदेखाइ विनोददाइले मलाई लुटेका थिए तर ती सम्पूर्ण कुराको व्यवस्था आफ्नै खर्चले जुटाइदिएका पनि थिए । मैले पनि बीबीएस पास गर्ने सपना देखेकी छु र कुनै हालतमा पनि एउटा सम्मानित जागिर खाएर बाँच्ने इच्छा पालेकी छु । त्यही सपना साकार पार्न मैले मलाई बेचेकी थिएँ । अझै एक वर्ष छ मैले बीबीएस पास गर्न तर विनोददाइको विवाहले मेरो सपना बीचैमा टुक्रिने हो कि भन्ने आशङ्काले म तर्सिएकी छु । जागिर खोजेको वषार्ँै भयो । लगाइदिने कोही निस्किएनन् । एक- दुई जनाले आश्वासन नदिएका होइनन् तर तिनीहरू जागिर लगाइदिनु अगाडि नै विनोददाइ बन्न खोजे । यदि अब विनोददाइले पहिलेझैँ व्यवहार गरेनन् भने मेरो स्थिति के हुने हो ? मनै जिरिङ्ग हुन्छ । कि मैले अर्कै विनोददाइ फेरि खोज्नुपर्ने हो सपनाको निरन्तरताको लागि ? सम्भिmदै घीन लाग्छ । वस्तुतः दायित्वहीन बाबुको कुलमा जन्मनु नै मेरो दुर्भाग्यको मुख्य कारण बनेको छ । मेरो लाचारीको कारण बनेको छ ।
तिमीलाई धेरै झपार्नु छ
आधुनिक कथा
राजेन्द्र चोथाले
मधुपर्क २०६५ पुस
तिमीलाई धेरै झपार्नु छ । मिले गालामा दुई-चार थप्पड पनि हान्नु छ । तिमीलाई अरूसामु मेरोबारे बोल्नु के खाँचो, मैले त तिम्रो बारेमा कसैसँग कहिल्यै नराम्रो उच्चारण गरिन बरु तिम्रा गल्तीहरू छोप्दै, बदनामीहरूमा नामको पर्दा हाल्दै सधैँ नै तिम्रो तारिफ गरिरहेँ । तिमीले कहिले सुनेकी छौ मैले बदनाम गरेका शब्दहरू ? मेरो बदनामी र तिम्रो बदनामीलाई फरक देख्ने तिम्रो आँखा कस्तो ? हामी त जोडिएको घाँटी पो । हिलो छ्यापिए दुवै मैलिने, काटे दुवैलाई रगत आउने तर तिमी त छ्या, मान्छे भन्नै मन लागेन ।
छ-सात वर्ष अगाडि त हो नि तिमी हाम्रो टोलमा आएकी, मेरो घरमा डेरामा बसेकी । तिमी र तिम्रो श्रीमान् भनाउँदो दुवै रित्तो थियौँ, बुङ्गो थियौ । ओछ्याउने एउटा चटाई, एउटा डस्ना, एउटा सिरक, एउटा स्टोप, एउटा प्रेसरकुकर-तिमीहरू दुई भए पनि प्रायः सम्पूर्ण सामान थान एक मात्रै त थिए । यतिबेला मैले आफ्ना थन्किएका खाट, दराज, टेबल तिमीलाई राम्री देखेर दिएको थिइन । म स्वभावैले सहयोगी थिएँ र अद्यापि छु पनि तर तिमीले के अर्थ लगायौँ कुन्नि एक/दुई भेटमा नै मसँग लहसिन खोजेको मैले त्यति बेलैदेखि अनुमान लगाएको थिएँ । मेरी आमाले पनि के देखिन् कुन्नि उनी सकभर तिमीसँग टाढै बस्न र तिम्रो कोठामा तिमी एक्ली हुँदा नछिर्न सतर्क गराउँथिन् । त्यो सायद नारीको नारी चिनाई थियो । सर्पले देखेको सर्पको खुट्टा । तिमी राम्री थियौँ र फेसनेवल पनि थियौँ । तिमीलाई आफ्नो रूपमा घमण्ड पनि थियो तर म तिमीसँग जानाजानी टाढा हुन खोज्नुले तिम्रो रौपिक अहंकार चोटमा परेको थियो- अर्ध रेटिएको बलिझैँ थियो तिम्रो छट्पटी । हुन पनि म कुमार केटो, योग र कसरतले कस्सिएको मेरो मसल, उच्च पढाइ, समृद्ध घर, उच्च खानदान नारीलाई र्याल चुहाउन अमिलै मात्रै त चाहिने होइन नि । तिम्रो पोइ भनाउँदो दुब्लो, नसुहाउँदो अग्लो, हप्तौँ दाह्री नकाट्ने, तिम्रो फेसन पुर्याउँदा पैसाले नपुगेरै हो वा अलि छुच्चो स्वभावले हो राम्रो लगाएको पनि प्रायः देख्दै देखिन । मैले बुझेको थिएँ तिमी आफ्नो पोइ र मलाई प्रायः दाज्ने गथ्र्यौ । जाडोमा घाम तापेर बस्दा म माथि कौसीमा हुन्थे, तिमी र तिम्रो पोई आँगनमा हुन्थ्यौ । तिमी पोइको आँखा बचाएर मलाई हेरिरहन्थ्यौ र आँखा जुधेपिच्छे हाँसिदिन्थ्यौ तर तिम्रो पोइले केही बोले कि तिमी झर्केर जवाफ दिन्थ्यौ, हकार्न खोज्थ्यौ । तिम्रो यस्तो व्यवहारले मलाई कतिचोटि असजिलोमा पारेको छ त्यो मलाई नै थाहा छ ।
मैले यो पनि बुझेको छु कि तिम्रो पोइ भनाउँदो छँदाखाँदैको जागिर छोडेर कतार जानै चाहँदैन थियो तर सायद तिमी उसँग अघाइसकेकी थियौ । उसको व्यक्तित्व तिम्रो मनको भार बनिसकेको थियो । सायद तिमीलाई उसलाई लोग्ने मानेर मसामु उभिनुपर्दा अलिकति आत्मग्लानि पनि हुन्थ्यो त्यसैले तिमीले उसलाई अन्ततः विदेश्याई छोड्यौ । ऊ चाहन्थ्यो यतिविघ्न राम्री स्वास्नीलाई छोडेर अन्यत्र जानु नपरोस् । विवाहको वर्षौं बित्दा पनि बच्चा नहुँदाको अर्को पीडा पनि थियो उभित्र । तिमीले बच्चा नहुनुमा सधैँ उसैलाई दोषी देखायौ तर मैले तिमीले फालेका डयुलोटन र पि्रमोलट एनका खाली खोलहरू धेरैचोटि देखेको छु । मलाई अझै राम्रैसँग सम्झना छ उसँग भएका कुराहरू । हिँड्ने एक रात अगाडि ऊ मकहाँ आएको थियो । मुख निकै अँध्यारो थियो । कतारको बारेमा कुरा चल्यो, तिम्रो बारेमा कुरा चल्यो । राम्री छ अरूले पाप चिताउलान्, सोझी छ अरूले फाइदा उठाउलान्, बच्ची नै छ बाटो बिराउलीजस्ता पिरलोका गुन्द्रुकहरू उभित्र उम्लिरहेका थिएँ । तिम्रो रक्षाको पूर्णजिम्मेवारी ऊ मलाई सुम्पिन चाहन्थ्यो । मैले कोसिसका आश्वासन पस्केर उसलाई पन्छाएको थिएँ । उसले मलाई कति विश्वास गरेको थियो ।
मेरो विवाहको कुरा छिनेको दिन तिम्रो अनुहारमा चूक घोप्टिएको थियो । सधैँ फर्याकफुरुक म अगाडि आउने तिमी नून खाएको कुखुराझैँ थियौ । त्यो दिन तिम्रो अनुहार र अवस्थाले गर्दा मलाई पहिलोचोटि तिम्रो माया लागेको थियो । कसैलाई मन पराउनु र माया गर्नु गल्ती होइन, अपराध होइन तर समाजले निर्धारण गरेको मापदण्ड र तगाराहरूलाई नाघ्नु भने सामाजिक अपराध नै हो । अरूको स्वास्नी ल्याउन मलाई मेरो नैतिकता र संस्कारले दिँदैनथ्यो, त्यसैले तिमी राम्री लागे पनि म तिम्रो नजिक हुनै चाहिन अथवा भनौँ हुनै सकिन र सधैँ पन्छिनै रहेँ । वस्तुतः तिमी मलाई राम्री भने राम्री नै लाग्थ्यौँ ।
त्यस दिन पनि मसँग मेरो नैतिकता र संस्कार नभएको होइन तर म निथ्रुकिएको थिएँ झोलले । बुद्धि डुबाउने झोलले, पशुत्व जन्माउने झोलले । लागेको पनि कस्तो, ढोका त तिमीले खोलिदियौँ तर म भर्याङ्ग चढ्नै सकिनँ, माथि जानै सकिनँ । आमाले थाहा पाउनु होला भन्ने डरले आखिर म तिम्रो कोठामा लुक्नलाई बाध्य नै भएँ । तिमीले सहारा दियौ, मलाई थाहा छैन त्यो तिम्रो परपुरुषसँगको कतिऔँ छुवाई थियो तर मेरो जिन्दगीको लागि राम्री र जवान स्त्रीको त्यो पहिलो छुवाई थियो । झोलको मार र तिम्रो मात आफ्नै नैतिकता, संस्कार र मान्यतामाथि अन्तर्घात । चुरोटझैँ, नशाझैँ शरीर पनि हाम्रो लत बन्यो तर हामी अपराधी, तैं चूप मै चूप ।
समय आयो मेरो विवाह भयो । मैले विगतलाई बिर्सी वर्तमानमा रमाउन चाहेँ र सकभर तिम्रो छायाँबाट पनि टाढा रहने प्रयास गरेँ । अवश्यै तिमीलाई मेरो त्यो उपेक्षा मन परेन र तिमी मेरो विवाहको महिना दिन जतिमै अर्कै टोलमा डेरा सर्यौ ।
मेरी श्रीमती निकै दिनदेखि मसँग खुलेर बोलेकी थिइन । मुख ज्यादै अँध्यारो थियो । मेरो यावत रहस्यबोधका प्रयास असफल भएका थिए । फकाउनुको पनि एउटा सीमा हुन्छ नि । हिजो राति त म एक्कासि रिसाइदिएँ । सायद बढी नै रिसाइदिएँ ऊ डरले झण्डै कामेकी । डरैडरमा आखिर उसले सत्य ओकली छोडी । आफ्नो अभीष्ट पूरा नभएको कुन्ठाले, मलाई फसाउन नसकेको आत्मपीडाले, आफ्नो चक्नाचुर भएको रौपिक अहंकारले तिमीले भनिछौ, म चरित्रहीन पुरुष हुँ यौनपिपासु हुँ, तिमीलाई सधैँ आँखा लगाएँ, तिमीले डेरा नछोडेको भए तिम्रो सतित्व सधैँ खतरामा रहिरहन्थ्यो । म शून्य भएँ, कर्तव्यविमुढ भएँ, निकै बेरसम्म बोली नै हरायो । तिमी मेरी श्रीमती र मबीच फाटो ल्याउन चाहन्थ्यौ । झण्डै सफल पनि भएकी थियौ तर ऊ मेरी श्रीमती थिई तिमीझैँ परपुरुषलाई आँखा नलाउने श्रीमती, त्यसैले तिमीलाई भन्दा आफ्नो श्रीमान्को कसमलाई (झूठो पनि बोल्न जाने साँचो हुन्छ) पत्याई र सम्भावित खतरा टर्यो । उसँग मेरो सम्बन्धविच्छेद भएकै भए पनि तिम्रो सपना भने पूरा हुने थिएन । किनकि म तिमीलाई भोग्न त सक्थेँ, स्वास्नी बनाउन सक्दिनथेँ । म अँध्यारोको मान्छे उज्यालोसँग सधैँ डराउँछु । मलाई दोष लगाउनुअघि एकचोटि ऐनासामु उभिएर आफूलाई नियाली हेरेको भए हुन्थ्यो । अरूको बदनामीले आफ्नो नग्नमा छोप्न खोज्नु पेटिकोटमाथि उचालेर मुख छोप्नुखोज्नुबाहेक अरू केही होइन । भन्न सक्छ्यौँ भने भनिदेऊ, म पनि तेरो पोइसँग सुतेकी छु, तेरो पोइलाई सुताएकी छु । सक्छ्यौ ? सक्छ्यौ भन्न ? बेअर्थको मान्छे । तिमीलाई त वास्तवमै राम्ररी झपार्नु छ । मिले गालामा दुईचार झापड पनि हान्नु छ ।
गजल
राजेन्द्र चोथाले
युवामञ्च २०६६ जेठ
पिलाई विषको घुँट्को भन्यौ धेरै धेरै बाँच
देखाइ हाँसोका स्वप्ना छर्यौ मुटुभरि काँच
त्यो गोमन के विषालु छ, त्यो तिम्रो मुटुको सामु
तिमीमा दस होला त्यो विष, त्यो सर्पमा भए पाँच
बाहिर स्निग्ध र शालीन, बीभत्सभित्रको सत्य
छ है, बुझ्नै नसक्नु छ, नौटङ्की तिम्रो त्यो नाच
मेरो आँसु भए प्यारो म हाँसेरै रोइदिन्छु
लागे मेरो पीडा मीठो टुक्रै टुक्रा यो मन भाँच
तिमीप्रति उही माया अझै उर्लिंदो छ मनमा
माया जाच्ने कशी भए यो मन घोटी घोटी जाँच
राजेन्द्र चोथाले
युवामञ्च २०६६ जेठ
पिलाई विषको घुँट्को भन्यौ धेरै धेरै बाँच
देखाइ हाँसोका स्वप्ना छर्यौ मुटुभरि काँच
त्यो गोमन के विषालु छ, त्यो तिम्रो मुटुको सामु
तिमीमा दस होला त्यो विष, त्यो सर्पमा भए पाँच
बाहिर स्निग्ध र शालीन, बीभत्सभित्रको सत्य
छ है, बुझ्नै नसक्नु छ, नौटङ्की तिम्रो त्यो नाच
मेरो आँसु भए प्यारो म हाँसेरै रोइदिन्छु
लागे मेरो पीडा मीठो टुक्रै टुक्रा यो मन भाँच
तिमीप्रति उही माया अझै उर्लिंदो छ मनमा
माया जाच्ने कशी भए यो मन घोटी घोटी जाँच
गजल
राजेन्द्र चोथाले
युवामञ्च २०६६ साउन
बक्दै गर्छ समाज यो बिर्सिदेउ समाजलाई
भोलिलाई छोडिदेउ भोलि, मेरी बन आजलाई
मायाभन्दा के छ ठूलो इतिहास पढेर हेर
धेरै भेट्छ्यौ त्याग्ने मुटु श्रीपेच र ताजलाई
माया गर्छु भन्नेहरू सबै मायै गर्ने हुनन्
खुट्याउन सक्नुपर्छ ढुकुर र बाजलाई
सबैसँग खुल्नु हुन्न ठिकै हो सोचाइ तिम्रो
म त तिम्रो आˆनो मान्छे किन बोक्छ्यौ लाजलाई
कति हिजो बिते बिर्सें, त्यस्तै कति भोलि बित्लान्
नबिर्सिने बनाउँ है आजको यो साँझलाई
राजेन्द्र चोथाले
युवामञ्च २०६६ साउन
बक्दै गर्छ समाज यो बिर्सिदेउ समाजलाई
भोलिलाई छोडिदेउ भोलि, मेरी बन आजलाई
मायाभन्दा के छ ठूलो इतिहास पढेर हेर
धेरै भेट्छ्यौ त्याग्ने मुटु श्रीपेच र ताजलाई
माया गर्छु भन्नेहरू सबै मायै गर्ने हुनन्
खुट्याउन सक्नुपर्छ ढुकुर र बाजलाई
सबैसँग खुल्नु हुन्न ठिकै हो सोचाइ तिम्रो
म त तिम्रो आˆनो मान्छे किन बोक्छ्यौ लाजलाई
कति हिजो बिते बिर्सें, त्यस्तै कति भोलि बित्लान्
नबिर्सिने बनाउँ है आजको यो साँझलाई
तिमीले दिएका घाउ दुखेपछि रोएँ
मायाको समुद्र सुकेपछि रोएँ |
आफ्नै जीवन लाग्छ आफूलाई गाली
आज मेरो आँसु बन्यो तिम्रो ताली
तिमीलाई चिन्न चुकेपछि रोएँ |
धेरै फूल चुँडी तिमीलाई चढाएँ
दियो आरतीको यो मनमा जलाएँ
त्यही बत्ती तिमीले फुकेपछि रोएँ |
सबैलाई भन्थें यो मनकी धनी हौ
म आकाश मेरो तिमी चाँदनी हौ
पराई बादलमा लुकेपछि रोएँ
मायाको समुद्र सुकेपछि रोएँ |
आफ्नै जीवन लाग्छ आफूलाई गाली
आज मेरो आँसु बन्यो तिम्रो ताली
तिमीलाई चिन्न चुकेपछि रोएँ |
धेरै फूल चुँडी तिमीलाई चढाएँ
दियो आरतीको यो मनमा जलाएँ
त्यही बत्ती तिमीले फुकेपछि रोएँ |
सबैलाई भन्थें यो मनकी धनी हौ
म आकाश मेरो तिमी चाँदनी हौ
पराई बादलमा लुकेपछि रोएँ
Subscribe to:
Posts (Atom)