Tuesday, May 26, 2015

म भित्र को दुख्छ किन म बताऊँ
प्यारो छ मलाई त त्यही दुख्ने नाऊँ |

जानी जानी मैले यी ओठ सिएको छु
काँडालाई आफ्नो मुटु दिएको छु
मलाई जिन्दगीमा मिठो ती नै घाऊ |

अनेकौ थिए फूल कुनै छानीएन
छानी छानी माया लाउन जानिएन
मान्छे चिन्नलाई चुके एकै ठाऊँ |
                                                 -राजेन्द्र चोथाले

No comments:

Post a Comment