Tuesday, May 26, 2015

गजल
राजेन्द्र चोथाले
मधुपर्क २०६८ माघ


अधूरै रहे गाना
च्यातिदियौ तिमीले मेरा गीतका हर पाना ।

आरोप दिई नाना
मारिदियौ आँखाका हर स्वप्ना ठूला-साना ।

आँखा थिए ओभाना
घाउ दियौ र दियौ आँसुका ठूला दाना ।

हालेर मीठा दाना
दियौ सदाको लागि सम्झनाको झ्यालखाना ।

मुटुका यी भक्काना
कसलाई गएर पोखुँ पराई छन् सबैजना।

No comments:

Post a Comment