Tuesday, May 26, 2015

मेरो कुरा सुनेर
              मेरो कुरा सुनेर

      गजल
   राजेन्द्र चोथाले
   युवामञ्च २०६८ मंसीर



 
 मेरो कुरा सुनेर रिसाउने पो हौ कि
 तातो सम्बन्ध क्षणमै चिस्याउने पो हौ कि ।

 हुन्छयौ सधै तिमी नै आँखामा, ढुकढुकीमा
 भन्दा मलाई उल्टै गिज्याउने पो हौ कि ।

 तिमीविना म एक्लै सक्दिन सत्य बाँच्न
 सुनेर यस्ता कुरा उल्याउने पो कि

 लाग्छ डर मलाई मौका कुरेर बस्दा
 अर्कै मुटुमा मुटु मिसाउने पो हौ कि

 आज त भन्छु भन्छु परिणाम चाहे जे होस्
 नभन्दा माया अन्तै बिसाउने पो हौ कि ।

No comments:

Post a Comment