Tuesday, May 26, 2015

गजल
राजेन्द्र चोथाले
युवामञ्च २०६६ जेठ





पिलाई विषको घुँट्को भन्यौ धेरै धेरै बाँच
देखाइ हाँसोका स्वप्ना छर्‍यौ मुटुभरि काँच

त्यो गोमन के विषालु छ, त्यो तिम्रो मुटुको सामु
तिमीमा दस होला त्यो विष, त्यो सर्पमा भए पाँच

बाहिर स्निग्ध र शालीन, बीभत्सभित्रको सत्य
छ है, बुझ्नै नसक्नु छ, नौटङ्की तिम्रो त्यो नाच

मेरो आँसु भए प्यारो म हाँसेरै रोइदिन्छु
लागे मेरो पीडा मीठो टुक्रै टुक्रा यो मन भाँच

तिमीप्रति उही माया अझै उर्लिंदो छ मनमा
माया जाच्ने कशी भए यो मन घोटी घोटी जाँच

No comments:

Post a Comment