Tuesday, May 26, 2015

ए मन लिने मान्छे यति टाढा त नजाऊ
मेरो लागि पनि केहि समय बचाऊ

बाँकी छन् कुरा नयाँ तिमीलाई सुनाउन
बाँकी छन् आँसु तिम्रै अंगालोमा बगाउन
रुन्छु रहर पुर्याएर मायाले फ़काऊ

सजिलो छैन माया छाती भित्र लुकाउन
बनावटी हाँसोले अरुलाई झुक्याउन
को को संग लुकाऊँ म मायाका यी घाऊ

No comments:

Post a Comment