सम्झेर तिमी रुन्छु
म एक्लो जब हुन्छु
मैले त यो मनलाई सकिन मनाउन
चाहन्छ तिमीलाई नै यो साथी बनाउन
साथी तिमीनै चुन्छु म एक्लो जब हुन्छु |
नाघेर सीमा सारा बतास बतासिंछ
मायाको चाहनाले यो छाती अतासिंछ
चाहमा तिमी छुन्छु म एक्लो जब हुन्छु |
-राजेन्द्र चोथाले
No comments:
Post a Comment