Tuesday, May 26, 2015

खै कस्तो सहारा यो
एक्लोपन बढाईदिने
खै कस्तो नसा हो यो
निन्द्रा नै भगाईदिने |

बाहिर छ कुहिरो
छ भित्र जलेको मन
सिरेटो जति चल्छ
जल्छ मन अझै दनदन
खै कस्तो हो मौसम यो
निरासा जगाईदिने |

खोजे तर भेटिन
कहाँ छु हिजोको म
किन पाउछु आफैभित्र
आसुले भिजेको म
खै कस्तो माया हो यो
हासो नै हराईदिने |
                               -राजेन्द्र चोथाले

No comments:

Post a Comment