Tuesday, May 26, 2015

‘मधुपर्क’ कथा विशेषाङ्कका कथाहरूको आलोड्कन

परिचय
प्रस्तुत लेख ‘मधुपर्क’ -२०६५ जेठ) मासिक, कथा विशेषाङ्कमा प्रकाशित कथाहरूको समीक्षामा केन्दि्रत रहेको छ । यसरी समीक्षा गर्दा प्रकाशनलाई आधार मानी कथाहरूको विवेचना क्रमशः उल्लिखित भएको छ । यहाा प्रकाशित सामग्रीलाई विधासिद्धान्त, कथाको सन्देश र सामाजिक प्रभाव एवं साहित्यिक चेतनाका आधारमा पाठकलाई पार्ने प्रभावद्वारा ठम्याउने प्रयत्न गरिएको छ ।

‘मधुपर्क’ पत्रिकाको कथा विशेषाङ्क -२०६५ जेठ) आकर्षक साजसज्जासहित प्रस्तुत भएको छ । आफूलाई सकेसम्म स्तरीय र मर्यादित बनाउादै युगको प्रतिध्वनिलाई समेट्न छजनाका समालोचना र अठतीस जना कथाकारका कथाहरू यहाा समावेश गरिएका छन् । पत्रिका पढ्दा सम्पादकहरूको ध्यान समकालीन चेततिर बढी भएको प्रतीत हुन्छ ।

        राजेन्द्र चोथालेको ‘मूर्ख’ कथा व्यक्ति र परिवेशको परिस्थितिमा सिर्जित बौद्धिक कथा हो । तृतीय पुरूष ‘ऊ’ पात्रले गरेका घटनाको वर्णन कथाकारले यस कथामा गरेका छन् । आफ्नो मृत्यु छिट्टै हुनलागेकोे देखेर उसले परिवारलाई दुःख नदिन गरेका व्यवहारको प्रस्तुति बनेको छ- मूर्ख कथा । यस कथामा जे-जति व्यवहार उसले गरेको छ, त्यसको प्रत्यक्षदर्शी बनी म पात्र जीवनको तथ्य प्रस्तुत गरिरहेको देखिन्छ । कथानकमा कौतूहल, मानसिक द्वन्द्व, सन्ततिका भविष्यप्रतिको चिन्ता एवं प्रमुख पात्रका व्यवहारले उसको मानसिक अवस्थालाई प्रदर्शित गरिएको पाइन्छ । संवादको कमी, घटनाको सघनता, मानसिक द्वन्द्वको अवस्था आदिले कथालाई ऊर्जा प्रदान गरिरहेका छन् । धनको गरिब भए पनि मनको धनी हुने अभिलाषाले कथाको बीचमा भन्दा पहिला पाठकलाई आश्चर्यमा पार्दछ । दुई छोरा, श्रीमती, बुहारी र नातिनी भएको ‘म’ पात्रले चुरोट खाादा फोक्सोमा क्यान्सर भएको र त्यो कुरा अरू कसैलाई जानकारी दिन नखोज्ने उसको व्यवहार अनौठो देखिन्छ । समग्रमा कथा व्यक्ति विशेषको आदर्श प्रस्तुत गर्ने उत्तम खालको छ ।

No comments:

Post a Comment