Tuesday, May 26, 2015

दुखी छु भनूँ त कुनै घात छैन
सुखी भन्नलाई तिम्रो साथ छैन
यो कस्तो नशा हो मेरो जिन्दगीको
मलाई होश छैन तर मात छैन

सम्झंदा नरोई म सक्दिन बाँच्न
तर बाध्यता छ अरु सामु हाँस्न
नहांसेको मैले कुनै दिन छैन
नरोएको पनि कुनै रात छैन
यो कस्तो नशा हो मेरो जिन्दगीको
...
मलाई होश छैन तर मात छैन

सधैंझैं बसन्त आयो यसपाली
यो मनमा छाएन तर हरियाली
बसन्त पनि छ मेरै संघारैमा
तर कहीं हरियो मुना पात छैन
यो कस्तो नशा हो मेरो जिन्दगीको
मलाई होश छैन तर मात छैन

                                                    - ( राजेन्द्र चोथाले )

No comments:

Post a Comment